पाेखराकाे सरस्वती आदर्श विद्याश्रम राष्ट्रिय लोकनृत्यमा प्रथम

  • पोखरा न्यूज
  • २०८० फागुन ७
पाेखराकाे सरस्वती आदर्श विद्याश्रम राष्ट्रिय लोकनृत्यमा प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ स्थित सरस्वती आदर्श विद्याश्रमले राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालद्वारा विराटनगरमा आयोजित प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम प्रथम हुँदै १ लाख, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ । सरस्वती आदर्श गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएको थियो ।

प्रतियोगितामा सन्ध्या खाम्चा मगर, आज्ञा छन्त्याल, भवी पूर्जा, अंशु गुरुङ, कृस्ता पूर्जा पुन, सेरीन शेरचन, सेफिका गुरुङ, कुसुम राम्जाली, राम छन्त्याल, लक्ष्मण छन्त्याल, रितेश बसेल टक्सुर थापा मगर र नृत्य निर्देशक सविन गुरुङ सहभागी थिए ।

पालिका, जिल्ला, प्रदेशस्तर हुँदै सञ्चालित सो प्रतियोगिताको अन्तिम चरण राष्ट्रियस्तरको प्रतिस्पर्धामा सरस्वतीले बाजी मारेको हो ।

प्रतियोगितामा कोशीको सुविजिमुर मेमोरियल दोस्रो र वागमतीको इलेन मेमोरियल तेस्रो भए । उनीहरूले क्रमशः ७५ र ५० हजार साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।

मधेशको गोल्डेन फ्युचर एकेडेमी र कर्णालीको सिद्ध पाइलो स्कुल सान्त्वना हुँदै २५/२५ हजारसहित, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्याब्सन अध्यक्ष डीके ढुंगानाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख निर्णायक त्रिविका  उपप्रध्यापक तथा पद्मकन्या क्याम्पस नृत्य विभागका प्रमुख प्रकाश तुलाचन थिए ।

संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य शान्ति कठायत र कलाकार भानु सिटौला निर्णायक मण्डलमा थिए ।

प्रमुख निर्णायक तुलाचनले प्रथम, द्वितीय र तृतीय हुने कलाकार विद्यार्थीलाई इच्छुक भए स्नातक तह नृत्यमा पद्म कन्या क्याम्पसमा निशुल्क अध्ययनको अवसरसमेत घोषणा गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस