
पोखरा । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज मंगलबार बिहानै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।
केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।





