नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की-१ मा प्रधान

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की क्षेत्र नं. १ को सभापतिमा शरण कुमार प्रधान चयन भएका छन् ।

संघको प्रथम अधिवेशनले प्रधानलाई सभापतिसहित नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा गंगामाया गुरुङ र वीरबहादुर वाइवा, सचिवमा संगीता राईभाट गुरुङ, बुद्धिबहादुर गुरुङ, सहसचिवमा रामबहादुर रानामगर र दिपकजंग गुरुङ चयन भए ।

कार्यसमिति सदस्यमा शान्त श्रेष्ठ, खेमबहादुर गुरुङ, सोममाया थापा र चन्द्रबहादुर गुरुङ, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा तोत्रमान गुरुङ, खेमबहादुर गुरुङ, रेशम गुरुङ, ज्योतीराम थापा, ज्योती थापा मगर र भिमकुमारी गुरुङ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button