
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ स्थित झपेन्द्र टोलमा अखिल नेपाल महिला संघको टोल कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा विष्णु महत र सचिवमा जेनिता रन्जित चयन भएका छन् ।
संघको सदस्यहरुमा मनिषा परियार, बन्दना कार्की, विमला श्रेष्ठ, अम्बिका ढकाल, अम्बिका कार्की, सानु राई, लक्ष्मी बराल, बिष्णु रञ्जित, सरस्वती पौडेल र बिष्णु गिरी छन् ।
यता, संघको ढाड टोल कमिटी पनि गठन भएको छ । कमिटीको अध्यक्षमा नारायणी पौडेल र सचिवमा दीपा भण्डारी छन् । संघको सदस्यहरुमा यमकुमारी पोख्रेल, शुभद्रा अधिकारी, नरमाया अधिकारी, सविता भण्डारी, शीतल, प्रीति पौडेल, कृती बास्तोला, सुजिता पौडेल, लक्ष्मी थकाली, देवी गुरूङ र सरस्वती पौडेल छन् ।
दुवै कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले पोखरा-७ का वडाध्यक्ष किशोर बरालले बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन् ।





