नेपाल ‘ए’ को रोमाञ्चक जीत

पोखरा । दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । आज सम्पन्न प्रतिस्पर्धामा नेपाल ‘ए’ ले क्यानडा-११ लाई दुई विकेटले पराजित गरेको छ ।

नेपालले जितका लागि २ सय ४१ रनको लक्ष्य पाएको छ । सो लक्ष्य नेपालले अन्तिम ओभरको ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै २ सय ४० रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा ५ चौका प्रहार गरे ।

यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले ३ विकेट लिए भने शेर मल्ल र रासिद खानले समान २/२ विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान १/१ विकेट लिए ।

यो रोमाञ्चक जितसँगै नेपाल ‘ए’ ले ३ खेलको शृंखलालाई १-१ को बराबरीमा ल्याएको छ ।

पहिलो खेलमा नेपाल क्यानडा-११ सँग ४ विकेटले पराजित भएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button