पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ का भीमबहादुर घलान रहेका छन् ।
घलानलाई मंगलबार राति पोखरा ३० पावरहाउसमा नारायणगढबाट पोखरा आउँदै गरेको बसमा चेकजाँच गर्नेक्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट ३ किलो गाँजा र एक थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।
घलानविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution