महिला फुटवलमा नेपालको शानदार जीत

पोखरा । नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ । वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीप अन्तर्गत सिरियाविरुद्ध नेपाल ४-१ गोलअन्तरले विजयी बनेको हो ।

नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले एक-एक गोल गरे । अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् । १३ औँ मिनेटमा अनिताले सिधै कर्नरबाट शानदार गोल गरिन् ।

१९ औँ मिनेटमा साम्बाले एक गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् । ४३ औँ मिनेटमा सिरियाकी नुरु मुस्तफाले एक गोल फर्काए पनि दोस्रो हाफमा रेखा पौडेलले अर्को गोल थप्दे टोलीको जीत सुनिश्चित गरिन् ।

नेपालले पहिलोपटक यो प्रतियोगितामा सहभागिता जनाएको हो । प्रतियोगितामा आठ टोली सहभागी रहेका छन् । नेपाल समूह बीमा रहेको छ । नेपालसँगै समूहमा प्यालेस्टाइन, इराक र सिरिया रहेका छन् । नेपालले अर्को खेल बिहीबार इराकविरुद्ध खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button