आज प्रदोष व्रत गर्ने दिन : प्रदोष व्रत के हो, किन र कसरी गर्ने ?

  • पोखरा न्यूज
  • २०८० फागुन ९
आज प्रदोष व्रत गर्ने दिन : प्रदोष व्रत के हो, किन र कसरी गर्ने ?

पोखरा । आज प्रदोष व्रत गर्ने दिन । त्रयोदशी तिथिमा प्रदोष व्रत गर्ने गरिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ ।

प्रदोष व्रतको समय जम्मा डेढ घण्टाको हुन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ ।

जसअनुसार काठमाडौं केन्द्र विन्दुलाई आधार मान्दा आज सूर्यास्त ५ः५८ बजे हुनेछ । त्यसैले आज साँझ ५ः१३ मा सुरु भइ ६ः४३ मा प्रदोष व्रत समाप्त हुनेछ । प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमै गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।

प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ ।

प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्ने, व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन गर्नु हुँदैन ।

पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने विधि छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस