पोखरा । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको बताइएको छ । यी भाषाको संरक्षणमा भाषा आयोगले काम गरिरहेका जनाएको छ ।
मातृभाषाकै संरक्षणका लागि जागरण स्वरुप संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रुपमा मनाइएको थियो । नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको संख्याभन्दा पनि बढि हो ।
सांस्कृतिक एकताको मुख्य पाटो मानिने भाषाको उचित संरक्षण र संवर्द्धन हुन नसक्दा नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेको भाषा आयोगले बताएको छ । आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा समेत प्रयोग नहुँदा यी भाषा सङ्कटमा परेको आयोगको भनाइ छ ।
नेपालको सरकारी कामकाजको भाषा भने नेपाली हो । यो भाषा खस सभ्यतासंगै विकास भएको प्रमुख भाषा हो । बाँकी अधिकांश भाषाहरु भारोपेली तथा चिनियाँ÷तिब्बती भाषा परिवारका हुन् । ती मध्ये धेरैजसो भाषाहरु लोपोन्मुख भाषाको सूचिमा छन् ।
मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिंदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution