आज श्रीकृष्णको प्रिय दिन, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० फागुन ९ गते बुधबार, इस्वीसंवत फरवरी २१ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको द्धादशी तिथि दिनमा १२ः४८ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु दिनमा ३ः४३ मिनेटसम्म त्यसपछि तिष्य लाग्नेछ । विष्कुम्भादि योगमा आयुष्मान १७ घटि ०४ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूर्य कुम्भ राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २८ घटि १७ पला अर्थात ११ घण्टा २२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३९ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने आज दिनमा २ः०९ बजे र अस्ताउने समय रातिमा ३ः५५ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन, अन्तर्राष्ट्रिय मातृभाषा दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज थालेका अधिकांश कार्यबाट लाभांश मिल्दा हौसला बढ्नेछ । सहोदरका व्यक्तिको सहयोगले कार्य बन्नेछन् । कृषि क्षेत्रमा लाग्नेहरूका लागि समय लाभकारी रहला । आत्मीयजनसँगको रमाइलो जमघट होला ।

वृषः आज बोलीकै भरमा धेरै कार्यहरू बन्नेछन् । अघिदेखि रोकिएर रहेका कार्यले स्थान पाउनेछन् । पढाइलेखाइमा मन जानेछ । सुखसुविस्ताका साधनहरू उपभोग गर्न पाइनेछ । अल्छी गरेर बस्ने समय छैन ।

मिथुनः आज सामाजिक पदप्रतिष्ठा मिल्नेछ । ठूला व्यक्तिसँग सहकार्य गर्ने अवसर पाइनेछ । जोखिमयुक्त कार्यलाई पनि सहज तबरले सम्पन्न गर्न सक्दा प्रशंसकहरू थपिनेछन् । आर्थिक लाभसमेत मिल्ने समय रहेको छ ।

कर्कटः आज टाढाको यात्रा त्यत्ति उपयुक्त देखिन्न । व्यर्थको कार्यमा समय बिताउँदा गर्नैपर्ने कार्य अधुरै रहनेछन् । बोलीको गलत अर्थ लगाउन सक्छन्, संयम रहनु होला । श्रमको उचित मूल्यांकन मिल्ने छैन ।

सिंह : आज व्यवसायबाट अपेक्षित लाभांश उठाउन सक्दा खुसी भइनेछ । नयाँ-नयाँ अवसरहरूले पछ्याउने छन् । सृजनात्मक कार्यमा मन जानेछ । साथीभाइसँगको छोटो रमाइलो यात्राको सम्भावना बलियो देखिन्छ ।

कन्याः आज बौद्धिक क्षमता फराकिलो रहला । समस्याको पहिचान गर्न सकिनेछ । मान्यजनको साथले महत्वपूर्ण कार्य बन्नेछ । व्यापार व्यवसायबाट सन्तुष्टि मिल्नेछ । नयाँ लगानी गर्दा दिगो रुपमा फाइदा मिल्नेछ ।

तुलाः आज स्वास्थ्य अवस्था ठीकठाक नै रहला । सान्दर्भिक कार्यको आरम्भ गरिनेछ । छरछिमेकमा बेग्लै पहिचान राख्न सफल भइनेछ । धार्मिक भ्रमणको योग बनेको छ । आर्थिक लाभ हुनेछ । मन प्रफुल्लित रहनेछ ।

वृश्चिकः आज लहैलहैमा लाग्दा अनावश्यक खर्चभार थपिनेछ । गोपनीयता बाहिरिँदा समस्यामा परिनेछ । गलत व्यक्तिको संगतले नकारात्मक कार्यमा संलग्न भइएला । अशान्तिपनले सताउनेछ । संयम रहनुपर्नेछ ।

धनुः आज नयाँ ठाउँको भ्रमण हुनेछ । व्यवसायबाट अपेक्षाअनुरुप लाभ मिल्नेछ । कला, कृति, आकृतिका कार्यमा मन रमाउनेछ । हर्षको खबर मिल्नेछ । उपहारादि मिल्नेछ । काम गर्ने कला बढ्नेछ । समय शुभ रहेको छ ।

मकरः आज छैटौं चन्द्रमाले सामान्य तनाब निम्त्याए तापनि आर्थिक पक्षमा भने उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । मांगलिक कार्यमा सहभागी भइनेछ । पूर्व तयारीका साथ लाग्नुहोस्, विशेष लाभकारी समय रहेको छ ।

कुम्भः आज सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सफल भइनेछ । पढाइलेखाइ एवं प्रतिभाका कार्यमा अग्रस्थानमा आइनेछ । स्वास्थ्य समस्या हल भएर जानेछ । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ । सद्विचारको उदय हुनेछ ।

मीनः आज कठोर बोली-व्यवहारका कारण बन्नै आँटे कार्यले समेत विराम लिनेछन् । पुर्ख्यौली सम्पत्तिमा विवाद बढ्नेछ । शोकप्रद खबर सुन्नुपर्ला । नयाँ लगानी नगर्नु नै उचित हुनेछ । आमाको सहयोगले काम गर्नुहोला ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३९ बजेदेखि ८ः०४ बजेसम्म लाभ बेला
बिहान ८ः०४ बजेदेखि ९ः२८ बजेसम्म अमृत बेला
बिहान ९ः२८ बजेदेखि १०ः५३ बजेसम्म काल बेला
बिहान १०ः५३ बजेदेखि १२ः१७ बजेसम्म शुभ बेला
मध्यान्ह १२ः१७ बजेदेखि १ः४२ बजेसम्म रोग बेला
दिनमा १ः४२ बजेदेखि ३ः०६ बजेसम्म उद्धेग बेला
दिनमा ३ः०६ बजेदेखि ४ः३१ बजेसम्म चर बेला
दिनमा ४ः३१ बजेदेखि ५ः५५ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५५ बजेदेखि ७ः३१ बजेसम्म अमृत बेला
साँझ ७ः३१ बजेदेखि ९ः०६ बजेसम्म काल बेला
राति ९ः०६ बजेदेखि १०ः४२ बजेसम्म शुभ बेला
राति १०ः४२ बजेदेखि १२ः१७ बजेसम्म रोग बेला
राति १२ः१७ बजेदेखि १ः५२ बजेसम्म उद्धेग बेला
राति १ः५२ बजेदेखि ३ः२८ बजेसम्म चर बेला
रातिमा ३ः२८ बजेदेखि ५ः०३ बजेसम्म लाभ बेला
बिहानमा ५ः०३ बजेदेखि ६ः३९ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button