आज नामिबियासँग बदला लिने अवसर

पाेखरा । नेपाल र नामिबिया बीचकाे खेल आज पनि हुँदैछ । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आजकाे खेल नेपाली समयअनुसार बिहान ९:३० बजेबाट त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । आज नेपाललाई नामिबियासँग बदला लिने अवसर हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गरेकाे थियाे ।

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २-२ खेल खेलेका छन् । हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् ।

नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button