देशैभरको मौसम गडबडी, मेघ गर्जन-चटयाङसहित वर्षाको सम्भावना

पाेखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

अहिले बिहान गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

दिउसाे मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन-चटयाङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन-चटयाङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद् संजीव अधिकारीले आज भन्दा भोलि धेरै ठाउँमा वर्षा हुने अनुमान गरेका छन् । उनका अनुसार देशैभर बदली रहेको छ ।

वर्षाको हकमा आज तराईका भूभागमा वर्षा हुने देखिएको छ भने पहाडी भूभागमा पनि वर्षाले निरन्तरता पाउने छ ।

त्यस्तै हिमाली भेगमा पनि वर्षा हुनेछ । वर्षाको क्रम सोमबार रातिदेखि भइरहेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button