नेपाल १ सय ६८ रनमै अलआउट

पोखरा । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ६८ रनमा समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव १ ओभरमा अलआउट हुन पुग्यो ।

नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनानलले भने खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले समान ४/४ विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान १/१ विकेट लिए । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

यो समाचार तयार पर्दासम्म जवाफी ब्याटिङमा उत्रिएको नामिबिया १६.२ ओभरमा ३ विकेट गुमाएर ७९ रनका साथ खेलिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button