जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

चौरपाटी गाउँपालिका-५ लुंग्रास्थित आमरुख नजिक आज बिहान जीप दुर्घटना भएको हो ।

से१ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका-४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।

घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button