बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमै मृत्यु

बारा । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा-२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको मृत्य भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३३५२ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button