अटो दुर्घटना चालकको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारबाट मकवानपुरगढी गाउँपालिका-४ ज्वालादेवीतर्फ आउने क्रममा ना२.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएकोे जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button