लायन्स उम्मेद्वारलाई चुनावी रन्को, के-के छन् भावी रणनीति ?

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको आशन्न अधिवेशन आगामी चैत ३ गते काठमाडौंमा हुँदैछ । डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार बिनोद ढुंगाना, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार पार्वती खरेल पाण्डे र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार सूर्यकुमार केसी गण्डकी र धवलागिरी क्षेत्रका मतदाता लायनहरुसँग भेटघाटमा सक्रिय छन् । साथै उम्मेद्वारहरुले भावी रणनीतिका लागि सुझाव संकलन पनि गरिरहेका छन् ।

गभर्नर पदका उम्मेद्वार ढुंगानासहित ३ जना उम्मेद्वारले सोमबार पोखराका मतदाता लायनहरुसँग भेटघाट र छलफल गरे । सोक्रममा उनीहरुले शतप्रतिशत ‘एस’ भोटका लागि अपिल गरे भने पोखरा क्षेत्रका मतदाता लायनहरुले शतप्रतिशत एस भोट दिने प्रतिवद्धता जनाए ।

डिष्ट्रिक्ट ३२५ आई नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङका साथै गण्डकी र धवलागिरीका ८ गरी १२ जिÞल्लाका करिब १ सय ८० क्लबमा ४ हजार बढी लायन सदस्य आवद्ध छन ।

डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ । उत्तराधिकारीको रुपमा प्रथम र द्वितीय भाइस गर्भनर रहने प्रावधान छ । लायन्सको अन्तर्राष्ट्रिय प्रावधान अनुसार गर्भनर र भाइस डिष्ट्रिक्ट गभर्नर हुनेले शतप्रतिशत ‘एस’ भोट लिनुपर्ने हुन्छ ।

उम्मेद्वारका यस्ता वाचा

पोखरामा भएको भेटघाट तथा छलफलमा डिष्ट्रिक्ट गभर्नर पदका उम्मेद्वार ढुंगानाले लायन्स अभियानमा हरेक बर्ष आफ्नो उत्कृष्टता प्रस्तुत गर्दै आइरहेको गभर्नर पदको उम्मेद्वार बन्दै गर्दा आफूलाई गौरवान्वित महसुस भएको बताए । विगतका कार्यलाई निरन्तरताको रुपमा अघि बढाउँदै केही नयाँ योजना अघि सारेर नयाँ इतिहास कायम गर्ने उनले प्रतिवद्धता जनाए ।

ढुंगानाले भने, ‘हाम्रा अभिभावक लायन लिडरहरू, जसले लायनवादमा विश्व रेकर्ड होल्ड गर्नुभएको छ उहाँहरूप्रति गौरव गर्दछु ।’
उनले थपे, ‘उहाँहरुकै पथप्रदर्शक भूमिका र त्यही हिजोको गर्विलो इतिहास बनाउन योगदान दिनुहुने लायन साथीहरूको भूमिका महत्वपूर्ण छ ।’

डिष्ट्रिक्टलाई सेवा कार्यको उत्कृष्ट नमूनाको रुपमा स्थापित गराउने उनले प्रतिवद्धता जनाए । ‘लायनवादका धरोहर राजन लम्साल, मनबहादुर रोका, ईन्दु लम्साल, रामबहादुर बसेल र वर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी जसले नेपालको लायन्स इतिहासमा नमेटिने छाप बनाउनुभएको छ । उहाँहरूको सारथीपन र उत्कृष्ट नेतृत्व साथै सेवा कार्य गर्नुहुने तपाईं लायनहरुको योगदान र भूमिकाका कारण डिष्ट्रिक्टको गरिमा उँचो राख्न सक्छु भन्ने हिम्मत छ । त्यसैले मलाई नेतृत्वमा अघि बढ़न प्रेरणा मिलेको छ ।’

ढुंगानाले डिष्ट्रिक्ट ३२५ आईले डिष्ट्रिक्ट रिडिष्ट्रिक्टिङ भएपछिको पहिलो बर्ष डिष्ट्रिक्टको जग बलियो बनाउन कमजोर क्लबलाई बलियो बनाउने, क्लब सदस्यलाई आजीवन सदस्य बनाई पर्मानेन्ट क्लब, काठमाड़ौं र पोखरामा डिष्ट्रिक्ट स्थायी सचिवालय बनाउने काम भइरहेको बताए ।

उनले इमर्जेन्सी फन्ड स्थापना, लिडरसिप, फेलोसिप र सामाजिक सेवामा सक्रिय भएपछि विश्वमा नै उत्कृष्ट हुन सफल भएको बताए । विगतका महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिइने उनको प्रतिवद्धता छ । ढुंगानाले आफ्नो कार्यकालका लागि नेतृत्वका लागि उत्प्रेरित गरौँ (इन्स्पाएर टु लिड) को नारा अघि सार्दैछन् ।

उनले आफ्नो कार्यकालमा लायन्सको गरिमालाई थप उचाइमा पुर्याउन आफू उत्प्रेरित हुँदै सबैलाई उप्रेरणा प्रदान गर्न र संस्था बलियो बनाउन तालिम/प्रशिक्षण, सेवाका उत्कृष्ट कार्य, रिपोर्टिङलाई प्राथमिकतामा राखेका छन् ।

ढुंगानाले ‘मानवता हाम्रो प्राथमिकता’, ‘घरदेखि घाटसम्म अर्थात अन्तिम संस्कारसम्म’, ‘अपाङ्गता हाम्रो आत्मीयता’, ‘लायन्ससँग युथ’  योजना अघि सारेका छन् ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार पार्वती पाण्डे खरेलले डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार ढुंगानाको अभियानलाई पूर्ण सफल बनाउनु आफ्नो पहिलो जिम्मेवारी भएको बताइन् । उनले आफूले जानेको, आफ्नो बलबुताले भ्याएसम्म कार्यकाल स्वर्णिम र सफल बनाउन प्रतिवद्ध हुने स्पष्ट पारिन् ।

केन्ड भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार सूर्यकुमार केसीले गभर्नरलाई सफल बनाउँदै लायन्सलाई गर्विलो संस्थाको रुपमा स्थापित गर्न तन, मन, वचन र कर्मले लागिपर्ने बताए ।

लायन्स अन्तर्राष्ट्रिय एलसिआइएफ एरिया लिड़र राजन लम्सालले चुनावी मैदानमा रहेका ३ जना उम्मेद्वारलाई शतप्रतिशत मत प्राप्त गर्ने विश्वासका साथ शुभकामना दिए ।

लायन्स क्लव अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, आइपिडिजी रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट कोअर्डिनेटर अमृतप्रसाद तिवारी, एडिसनल डिष्ट्रिक्ट सेक्रेटरी प्रेम दाहाल, डिष्ट्रिक्ट पिआरओ हरिओम शर्मा लामिछाने, लायन्स क्लब अफ काठमाडौं परोपकारका पूर्वअध्यक्ष सुदेश कुमार जोशी लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button