पोखरा र गोरखामा वर्षा

पोखरा । राजधानी पोखरा र गोरखासहित गण्डकी प्रदेशका केही स्थानमा लामो समयपछि छिटपुट वर्षा भएको छ ।

पोखराका केही भूभागमा गएराति पनि हल्का वर्षा भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखराका केही स्थानमा हल्का वर्षा भएको छ ।

महाशाखाका अनुसार कास्की र गोरखामा मेघ गर्जनसहित वर्षा भएको हो ।

गण्डकीका साथै लुम्बिनी प्रदेशका एक, दुई स्थानमा पनि हल्का वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

यस्तै लुम्बिनी प्रदेशको पाल्पामा पनि हल्का वर्षा भएको छ । अन्य प्रदेशमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।

देशको पूर्वी भूभागमा भने आज राति हल्का वर्षाको सम्भावना छ । साथै आज देशभर नै बदली रहेको पनि महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button