
पोखरा । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उनले आज निवेदन दिएका हुन् ।
आज कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका थिए ।
काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।





