कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयाेगार्थ कोष स्थापना

पोखरा । कर्माचार्य समाज, कास्कीका अध्यक्ष, समाजसेवी तथा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यका पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोष स्थापना गरिएको छ ।

लक्ष्मीसुन्दरी कर्माचार्यको मृगौलासम्बन्धी उपचारको क्रममा गत पुस २४ गते निधन भएको थियो । ४५ दिनको पुण्यतिथिमा उक्त कोष स्थापना गरिएको हो ।

कोषबाट प्राप्त १ लाख रुपैयाँ वार्षिक रुपमा कास्की जिल्लाको नागरिकता भएकी, जो मृगौला रोगबाट पीडित भई सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा निःशुल्क डायलसिस गरेकी विपन्न वर्ग महिला १ जनालाई रकम सहयोग प्रदान गरिने छ ।

अर्धवार्षिक पुण्यतिथि पारेर वर्ष २०८० को सहयोग रकम आगामी जेठ २०८१ मा प्रदान गर्ने दाता चन्द्रकृष्ण कर्माचार्यले बताए ।

उक्त सहयोग कोष सञ्चालन तथा कार्यान्वन गर्न कर्माचार्य समाज, कास्की तथा कर्माचार्य महिला समाज कास्कीलाई संयुक्त रुपमा जिम्मेवारी दिएको कर्माचार्य समाज कास्की सचिव ईश्वरप्रसाद कर्माचार्यले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button