आजको मौसम : गण्डकी र कोशी प्रदेशमा वर्षा हुने

पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी र कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी, बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button