शानदार जितसहित नेपाल सेमिफाइनलमा

पोखरा । नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको दोस्रो खेलमा नेपालको शानदार जित र प्यालेस्टाइनले समेत सिरियालाई हराएपछि समूह बीबाट सेमिफाइनल जाने २ टोलीको टुङ्गो लागेको हो ।

साउदी अरबमा जारी ८ राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५-० ले हराउँदै ६ अङ्क जोडिसकेको छ ।

बिहीबारको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् ।

अब समूह चरण अन्तर्गत शनिबार सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् ।

नेपाललाई समूह विजेता बन्न बराबरी खेले पुग्ने छ । प्यालेस्टाइनले भने अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button