पोखरा । पोखरामा यही फागुन ९ गतेदेखि सञ्चालन भएको ‘सूर्य नेपाल वेस्टर्न ओपन’ गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन् ।
पोखरा महानगरपालिका-१४ स्थित हिमालयन गल्फ कोर्समा अन्तिम दिन इभन पार ६९ को स्कोर निकाल्दा पूर्वनम्बर एक प्रो गल्फर भुवनले समग्रमा १० अन्डर एक सय ९७ को सानदार स्कोरमा करिअरको एघारौँ उपाधि जितेका हुन् ।
उनले बनाएको स्कोर हिमालयन गल्फ कोर्समा बनेको अहिलेसम्मकै उत्कृष्ट हो । भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९ अन्डरको रेकर्ड तोड्न सफल भए ।
भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले पछि पारे । उपाधिसँगै भुवनले रु १ लाख लाख ४० हजार नगद पुरस्कार पाए । रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा २ ओभर २ सय नौको स्कोरमा दोस्रो स्थान बाँडे । रवि र सद्भाव दुवैले १ ओभर ७० मा खेल सम्पन्न गरे ।
रविले नगद रु ९६ हजार प्राप्त गर्दा एमेच्योरतर्फ सदभावले उपाधि जिते । सद्भावले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् ।
दोस्रो भएका प्रज्वलले १५ ओभर २ सय २२ स्कोर गरे । धरानका निरज तामाङले इभन पार ६९ मा खेल सकाउँदा समग्रमा ४ ओभर २ सय ११ को स्कोरमा तृतीय भए । उनले रु ७२ हजार पुरस्कार पाए ।
भेट्रान प्रो दीपक मगरले समग्रमा छ ओभर दुई सय ११ सहित चौथो भए । उनले रु ५९ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता थियो ।
प्रोफेसनल गल्फ एशोसिएसनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कूल रु आठ लाख ४० हजार राशिको पुरस्कार रहेको थियो ।
प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ सङ्घका अध्यक्ष जीवराम गुरूङ, गण्डकी प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य केशव पाठकलगायतले पुरस्कार वितरण गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution