पर्खालले च्यापिएर मृत्यु

  • पोखरा न्यूज
  • २०८० फागुन ११
पर्खालले च्यापिएर मृत्यु

मकवानपुर । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका-५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो ।

काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए । महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस