आज शनिबार, शनिदेवकाे पूजा कसरी गर्ने ? (राेचक कथासिहत)

पाेखरा । हिन्दूधर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ ।

शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।

यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।

यसरी गरौँ पूजा

शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ ।

शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रशन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

शनिदेवबारे रमाइलो कथा

नवगृहमध्ये सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ गृह शनिदेव यमराज, यमुना र भद्राका भाई हुन् । कालो वस्त्र पहिरिने रात्री बलशाली भएका शनिको बार शनिवार हो । पश्चिम दिशाका स्वामी शनिलाई अंग्रेजीमा सैटन, उर्दुमा जुदुल फारसीमा केदवान अरबीमा जुहुल भनिन्छ ।भने संस्कृतमा शनि भनिन्छ ।

शनिको दशवटा प्रसिद्व नाम यम बभ्रु, पिपलावय, कोनस्थ, सौरी, शनैश्चर, कृष्ण, रोदान्तक, मन्द र पिंगल हुन् । यस्तै पौराणिक शास्त्रका अनुसार अन्य प्रसिद्व नाम यमागज, रविपुर, सूर्यपुत्र, दायातंयज, अकैसुबन, असित, सौकी, निलकाय, कुर कुशाक, कपिलाक्ष र पनु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन राजनीति र अध्यात्मक विषयमा दिने गर्दछ ।

महादेवको वरदान अनुसार सबै देवता र गृहमध्ये सर्वश्रेष्ठ र शक्तिशाली भई एउटै मात्र न्यायाधीश र दण्डा धिकारी हुन् । शनि देवको दुःख कष्ट र दर्दनाक कहानी उल्लेखनीय छ । ब्राम्हपुराण अनुसार शनि बालककाल देखि नै भगवान श्री कृष्णका अन्त्य भक्त थिए । शनि जन्मँदा नै कालो र कुरुप भएकाले शनिका बाबु सूर्यले आमा छाँयाको चरित्रमा शंका गरि यस्तो छोराबाट भएकै होइन भनेकोले शनिको हृदयमा ठूलो चोट लागेको थियो ।

आखिरमा जस्तो भए पनि नराम्रो कालो भएता पनि शनि युवा हुने वित्तिकै चित्र र थकि छोरीसँग विवाह भयो । अत्यन्तै राम्री पत्नी पाएर शनि रमाईरहन्छन् । तर एक दिन रात्रिमा शनिको श्रीमती ऋतु स्नान गरेर पुत्र प्राप्तिको इच्छा राखी आउँदा शनि भगवान कृष्णको भेष गरिरहेका थिए । श्रीमतीले प्रतीक्षा गर्दा गर्दा थाक्छे ।

उनको ऋतु काल पनि निष्फल बन्न पुग्छ । अनि अत्यन्तै क्रोधित भई सराप दिन्छे कि, आजदेखि तपाईंले जसलाई हेर्नुहुन्छ, उसको नाश होस् । ध्यान गर्न सकेर शनिले आफ्नो श्रीमतीलाई फकाउन त सफल हुन्छन् तर सरापको प्रतिकार गर्ने शक्ति शनिसँग पनि हुँदैन । त्यसबेलादेखि शनिको दृष्टिलाई क्रुर मानिएको हो । शनिले पनि आफ्नो दृष्टि कसैमा नपरोस् भनि निहुरेर हिंड्ने गरे । यतिमात्र होइन शनिको श्रीमतीले अर्को एउटा भयानक सराप पनि दिए कि रहिछ, त्यो हो नपुंसक अर्थात् पुरुष विहिन ।

यस्तो दुःखपूर्ण जीवन व्यक्ति गरिरहेको हुन् । शनि देवता त्यसो भएता पनि शनि घमण्डी र क्रुर स्वाभावका हुन् भनि शास्त्रमा वर्णन गरिएको छ । आनन्द रामायणको अनुसार जब भगवान श्रीरामका सेनाले लंकामा जान सेतु बाँध बनाइरहेको समयमा राक्षसहरुले वाधा अडचन् पनि नसकोस् भनि रेखदेख गर्ने जिम्मा हनुमानलाई दिईएको थियो ।

साँझको बेला हनुमान त्यहिँ श्रीरामको ध्यान गरिरहेको अवस्थामा शनि आएर भन्छ, ‘हे बाँदरमा देवताहरुमध्ये शक्तिशाली शनि हुँ । मैले सुनी राखेको छु कि, तिमी अत्यन्तै बलवान छौ रे । आँखा खोल र मसँग लड्न आऊ, मसँग युद्व गर !’ तर हनुमानले नरम भएर जवाफ दिन्छ । यो समयमा म प्रभु श्रीरामको ध्यान गरिरहेको छु हजुरले मेरो ध्यानमा वाधा नपुर्याउनु होस् तर शनि मान्दैन । जब ऊ लड्न तयार भयो, हनुमानले शनिलाई आफ्नो पुच्छरमा बटारी दिन्छन् । शनि हनुमानको पुच्छरको बन्धकबाट मुक्त हुन नसकेर छट्पट हुन्छ ।

शनिको घमण्ड तोड्न हनुमानले ढुंगामा पुच्छर बजार्न सुरु गरे । जसले गर्दा शनि रगताम्य भई शरीर भरि नै घाउ चोट लाग्छ । यति भैसके पछि मात्र शनिले माफि मागेर मलाइ छोडी देऊ भनि हनुमानसँग प्राथना गर्छन् । अनि हनुमानले भन्छन्, मैले छोडी त दिन्छु तर मलाई बचन देऊ कि श्रीरामका भक्तजनहरुलाई कहिल्यै पनि दुःख दिन्छ भनेर, अनि शनिले माफि माग्दै भन्छ मैले वचन दिन्छु कि कहिल्यै पनि तपाईं र श्रीरामका भक्तजनहरुलाई दुःख दिन्न ।

अनि हनुमानले शनिलाई छोडेर शनिको घाउमा राख्न तेल दिन्छन् । त्यहि तेलले शनिको सबै घाउ र दुख्ने पनि निको हुन्छ । त्यसैबेला देखि शनिको पूजा गर्दा तेलले मालिस गरिंदै आएको हो । यहि आख्यान अनुसार हनुमानका अरु र श्रीरामका भक्तहरुलाई शनिले छुन सक्दैन भन्ने विश्वास छ ।

यस्तै अर्को एउटा प्रसंग छ । जव लंकाका राजा रावनकी श्रीमती मन्दोदरि गर्भावस्था हुन्छिन् । तब सबै गृहलाई आफ्नो इच्छा अनुसार स्थापित गरि रावणले दिर्घाआयु भएका कसैले जित्न नसक्ने महाबली पुत्र जन्मियोस् भनि इच्छा राखेका रहेछन् तर जब रावणका पुत्र मेघनाथको जन्म हुन्छ । उक्त समयमा शनिले आफ्नो स्थान परिवर्तन गरिदिन्छ जसको कारणले रावनका पुत्र अल्पायु र समय नहुँदै मृत्यु हुने संकेत हो ।

ज्योतिष शास्त्रका अनुसार शनि अकाल मृत्युका कारक हुन् । पुत्र जन्मेको समयमा रावणले पुत्रको चिना हेर्दा रावणले रिसाएर शनिको खुट्टामा गाडा प्रहार गरिदिन्छन् । त्यसैबेलादेखि शनि लंगडा हुन्छन् । त्यसै बेला देखि नै शनैश्चर अर्थात् विस्तारै हिंड्ने शनैश्चर हुन गए । शनि पनि कम छैनन् उसले पुरै लंकामा क्रोधित वक्रदृष्टिले हेरी दिन्छन् । पछि हनुमानले लंका दहन गरि कालो बनाइदिन्छ ।

शनिको जन्म हुँदा कालो वर्णको भएकोले सूर्यदेवले आफ्नो पत्नी छाँयालाई दोष दिई आफ्नो पुत्रलाई मेरो होइन भएकोले शनिको आफ्नी आमालाई अपमान गरेको सहन नसकी वर्षौं वर्ष भोकै बसी महादेवको घोर तपस्या गर्दछ । अनि महादेव प्रसन्न भई वरदान माग भन्दा शनिले प्राथना गर्दै भन्छ, ‘मेरी आमा अपमानित भएर बस्नु परेको छ ।

आमाको इच्छा यो छ कि, म पिता भन्दा धेरै शक्तिशाली र सबैको पुजनीय होस् अनि महादेवले वरदान दिंदै भन्नु हुन्छ कि नवौंग्रहमा तिम्रो स्थान सबैभन्दा माथि पर्नेछ र सर्वश्रेष्ठ हुनेछ । तिमी तिनै लोकमा न्यायाधीश र दन्दाधिकारी हुने छौं मानिसका तर्के कुरा देवता असुर सिद्व गन्धर्व र नाग पनि तिम्रो नामबाट नै भयभित हुनेछन् ।

शनिको वकदृष्टि अर्थात् साढे साती वा शनि अदैया दशा लागेर धेरैले धेरै नै दुःख भोग्नु परेको प्रसंगहरु सुन्न र पढ्न पाइन्छ । साढे साती शनिदशा कसलाई मात्र लागेको छैन र मर्यादा परुशोत्तम श्रीराम, महापण्डित रावण पाण्डव र द्रौपदी त्यस्तै महाप्रतापी राजा विक्रमादित्य दानशिलतामा प्रख्यात राजा हरिशचन्द्र राजा, रानी दमपन्ती सबैलाई साढे साती शनिदशा लागेको थियो ।

शनिको प्रकोपबाट भगवानका अवतारहरू त बढ्न सकेका छैनन् भने साधारण मानिसहरु शनिको प्रकोपबाट बच्न सक्लान ? त्यसैले शनिको नाम लिंदा मात्र पनि मानिसहरुको मनमा एक किसिमको डर त्रास उत्पन्न हुने गर्छ । शनिको साढेसाती दशा र शनिअदैया दशा लाग्दा मानिसहरुले अत्यन्तै दुःख भोग्नु पर्ने हुन्छ । शनिको वक्रदृष्टि नलागोस् भनि मानिसहरुले चिन्ता लिइरहेका हुन्छन् ।

हुन त सबै नवग्रहको आआफ्नै विशेषता छन् । शन अभुग प्रभाव छन् तर यी सबैमध्ये शनि ग्रह यस्ता ग्रह हुन्, जस्का श्रीमतीहरुको नाममा पाठ र जप गरेमा शनि प्रसन्न हुन्छन् । त्यसैले शनिका श्रीमतीहरुको नाम यस प्राकार उल्लेख गरिएको पाईन्छ ।

ध्वजिनी, धमिनी, चैव कंकाली, कलह, प्रिया, कलही, कंतकी, चैव ज्वालामुखी, सुलोचना, शनि पत्याश्य, बामनी प्रत सत्यय, पठेत, तपस्य शनैश्चरी, पीडा कदापी न भविश्यति ।

यसरी शनिका पत्नीहरुको नाम लिंदै प्राथना गरि पाठ गर्नाले शनिले पीडा नदिने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । यो कुरा यथार्थमा सत्य पनि हो । यहि लक्ष्मी भईन भने विष्णु भगवान पनि प्रशन्न झै दिनु हुन्छ । त्यस्तै पार्वतीको पूजा गरि प्रशन्न पनि सकेमा महादेव प्रसन्न भई सम्पूर्ण दुःखबाट मूल पारी दिनु हुन्छ । भक्तहरुलाई अभय दाङ दिने विघ्न नाश गर्ने शनि देवसँग परिचित भएता पनि मानिसहरु शनि देव देखेर डराइरहन्छन ।

मानिसहरुले शनि देव घातक हुन् भनि सम्झी रहन्छन् । वास्तवमा यो कुरा उचित छैन । किनभने शनि देवलाई ज्योतिषीय दृष्टिकोणले न्याय गर्ने देवताको रुपामा लिईएको छ । अर्थात् न्यायाधिशले न्याय मात्र गर्छ पक्षपात गर्दैन । कसैलाई पनि विना कारण दण्ड दिंदैन ।

शनिले त कुन मानिसको कस्तो कर्म छ । त्यस्तै फूल प्रदान गरिरहन्छ । असल कर्म गर्नेहरुलाई ऐश्वर्य धनधान्य समृद्वी यस किर्ति प्रदान गरिराख्छ भने नराम्रो खराब कर्म गर्नेहरुलाई दुःख अभाव दरिद्रता जस्ता कष्ट दिइरहन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button