महाशिवरात्रिमा पोखरामा भजन-चुट्का प्रतियोगिता

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा खुला भजन-चुट्का प्रतियोगिता हुने भएको छ ।

मौलिक संस्कृतिको जगेर्ना तथा उत्थानका लागि स्थानीय लोक सांस्कृतिक संरक्षण समिति र उज्ज्वल आमा समूहले महाशिवरात्रिको पूर्वसन्ध्यामा फागुन १९ गते प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

लोक सांस्कृतिक संरक्षण समिति अध्यक्ष जगन्नाथ तिमिल्सिनाले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै अहिलेको पुस्तालाई पनि त्यसमा सहभागी गराउन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, द्वितीय हुने समूहलाई १५ हजार, तृतीय हुने समूहलाई १० हजार र सान्त्वना हुने समूहलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले प्रतियोगिताको आयोजनाबाट ५ लाख ५५ हजार आम्दानी हुने ३ लाख ७० हजार खर्च भई १ लाख ८५ हजार बचत हुने अनुमान गरिएको बताइन् ।

बचत रकमलाई ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम एवं विभिन्न संस्कृतिको संरक्षण तथा संवर्द्धनमा खर्च गरिने उनले जानकारी दिइन् ।

प्रतियोगिताकाे निर्णायकमा लोकदोहोरी कलाकारहरू प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी र शिवहरि ढुंगाना रहने आयोजकले जनाएको छ ।

लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाको अध्यक्षतामा भएकाे कार्यक्रममा उज्जवल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले स्वागत, सचिव तारा शर्माले कार्यक्रम सञ्चालन, उपाध्यक्ष शारदादेवी बरालले धन्यवाद ज्ञापन गरेकी थिइन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button