कांग्रेस नेता एवं ताङतिङ समाज यूकेका अध्यक्ष गुरुङलाई मातृशोक

पोखरा । नेपाली कांग्रेस युवा नेता एवं ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजङ गुरुङलाई मातृशोक परेको छ । उनकी ममतामयी माता आशु गुरुङको ९० वर्षको उमेरमा निधन भएको हो ।

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ निवासी गुरुङको सोमबार बेलायतको अल्डरसोट, हेमसेरमा निधन भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्व. गुरुङको गुरूड धार्मिक परम्परा अनुसार बेलायतमा नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतको भनाइ उद्धृत गर्दै नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।

उनका छोरा तर्कजंग नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, नेपाली जनसम्पर्क समिति बेलायतका निवर्तमान उपसभापति पनि हुन् ।

आशुका पति नन्दजंग गुरुङको यसअघि नै निधन भइसकेको छ । नन्दजंग तत्कालीन नमार्जुंग गाविसका पूर्व प्रधानपञ्च, पूर्व सांसद, सामाजिक, शैक्षिक, धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए ।

यसैबीच नेपाली कांग्रेस कास्कीले कांग्रेस युवा नेता तर्कजंग गुरुङकी ममतामयी माताको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव भानुभक्त ढकालले आशु गुरुङको निधनले कास्की कांग्रेस स्तव्ध र मर्माहत भएको उल्लेख बताए ।

उनले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै आशुको परिवारले कास्कीको राजनीतिक र सामाजिक क्षेत्रमा खेलेको भूमिका चिरस्मरणीय रहने उल्लेख गरे ।

यस्तै, गुरुङको निधनप्रति ताङतिङ पोखरा सिन्कु र्‍हों कोन्मै परिवारले पनि दुःख व्यक्त गरेको छ । परिवारका अध्यक्ष देवीजंग गुरुङले शोक विज्ञप्ति जारी गर्दै परिवारनमा समवेदना प्रकट गरेका छन् ।

गुरुङको निधनमा काठमाडौं सेचेन गुम्बा, बौद्ध काठमाडौं, बौद्धबिहार बानेश्वर, पोखरा रामघाट गुम्बा, ताङतिङ गुम्बा, अल्डरसोट गुम्बा गरी ५ स्थानमा ४९औं दिनसम्म नियमित पूजा हुने बताइएको छ ।

यता, ताङतिङ समाज यूके अध्यक्ष तर्कजंग गुरुङकी माताको निधनप्रति दुःख व्यक्त गर्दै गुरुङ धार्मिक परम्परा अनुसार गरिने विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button