ट्रयाक्टर पोखरीमा खस्दा ७ बालबालिकासहित १५ जनाको मृत्यु

लखनउ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

गङ्गामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो ।

अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button