पोखराका विभिन्न स्थानमा चोरी गर्ने ३ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नेपाल टेलिकमको कपर केबुलका तार चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका वडा नं.३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ बस्ने बर्ष २९ का रमेश सार्की, पोखरा-२९ पट्नेरी बस्ने बर्ष २१ का विजय नेपाली र भारत मोतिहारी घर भई हाल पोखरा-२७ बस्ने बर्ष ३३ को फिरोज आलम छन् ।

पोखराका विभिन्न स्थानमा नेपाल टेलिकमको कपर केबुलका तार चोरी भएको भन्ने सूचनाको आधारमा फागुन ८ गते उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १६ हजार ३ सय ११ रुपैयाँ पर्ने ३५ मिटर तार र १९ किलो ९ सय ५० ग्राम (पगालेर) राखेको तयारी तामाको तार बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button