टस हारेर नेपाल ब्याटिङमा

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत काठमाडौँमा जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

त्रिदेशीय श्रृंखलामा नामिबियाले ३ जितबाट ६ अंकसहित शीर्ष स्थान हासिल गरेको छ । नामिबियाले लिग-२ को पहिलो श्रृंखला पनि जितेको छ ।

त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको समान २ अंक छ । आजको खेल जित्ने टिमको ४ अंक हुनेछ र तालिकाको दोस्रो स्थानमा रहने छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एक दिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्ड्सले २ तथा नेपालले २ खेल जितेको छ ।

नेपालले आफ्नो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

यसै श्रृंखलामा नेपालले नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गरेका कारण आजको खेलमा पनि नेपाल हावी हुने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button