पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग-२ प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल १ सय ७२ रनमा अल आउट भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट १ सय ७२ रनमै अल आउट भएको हो ।
जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेदरल्याण्ड्स नेपालसँग यसअघि पनि पराजित भइसकेको छ ।
नेपालका लागि पहिलो र नवौं विकेटको साझेदारी सम्झनयोग्य भए पनि बाँकी साझेदारीले गर्दा नेपाल कमजोर ठहरियो ।
कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बलको सामना गरेका थिए ।
भुर्तेलसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले १७ रन बनाए ।
त्यस्तै नवौँ विकेटको ३६ रनको साझेदारी हुने क्रममा करण केसीले २७ बलमा २६ तथा आरिफ शेखले ५० बलमा २२ रन बनाए ।
त्यसबाहेक कप्तान रोहित पौडेल १६, अनिल साह ७, गुल्सन झा ५, कुशल मल्ल २ तथा दिपेन्द्र सिंह ऐरी १ रन तथा भीम शार्की शून्यमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।
नेदरल्याण्ड्सका भिभियन किंग्मा र आर्यन दत्तले समान ३-३ विकेट लिए ।
चार खेलमा ६ अंकसहित नामिबिया शीर्ष स्थानमा रहेर उपाधि जितेको छ । नेपाल र नेदरल्याण्ड्सको समान २-२ अंक छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution