पोखरा-२१ का वडाध्यक्ष सुवेदी अझै ७ दिन प्रहरी हिरासतमा

पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदी अझै ७ दिन कास्की प्रहरी हिरासतमै रहने भएका छन् ।

झुक्याएर एक महिलाको २ करोड बराबरको घर ठगी गरेको आरोपमा उनी फागुन ८ मा पक्राउ परेका थिए । उनी पहिलो पटक ५ दिन हिरासत बसेका थिए । आज दोस्रो पटक ७ दिन म्याद थप भएको हो ।

उनी ठगीसम्बन्धी कसूरमा गत मंसिरदेखि फरार थिए ।

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा पनि जोडिएका वडाध्यक्ष सुवेदी जिल्ला अदालतमा ३ लाख रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका थिए । उनी त्यसलगत्तै ठगी मुद्धामा पक्राउ परेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button