पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।
भोलि मंगलबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution