आज शिवको प्रिय दिन, पूर्वतर्फको यात्रा निषेध, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० फागुन १४ गते सोमबार, इस्वीसंवत फरवरी २६ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फागुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनकृष्णपक्षको द्धितीया तिथि रातिमा ९ः४३ बजेसम्म त्यसपछि तृत्तीया तिथि लाग्नेछ । नक्षत्रमा उत्तराफाल्गुनी रातिमा ३ः१४ मिनेटसम्म त्यसपछि हस्ता लाग्नेछ । विष्कुम्भादि योगमा धृति २० घटि २५ पलासम्म त्यसपछि शूल योग लाग्नेछ । करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २८ घटि ३७ पला अर्थात ११ घण्टा ३० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३४ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने आज साँझमा ७ः३९ बजे र अस्ताउने समय भोलि बिहानमा ७ः३० बजे रहेको छ ।

आजको राशिफल

मेष : समय राम्रो रहनेछैन । आमा तथा आफन्तसंग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाड्नाले समस्या आउन सक्छ । आज सवारी साधन चलाउँदा तथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने हुँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

वृष : समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन : समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्य आम्दानि गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोगमार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ ।

कर्कट : समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

सिंह : समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

कन्या : समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।

तुला : समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

वृश्चिक : आज पनि समय मध्यम खालको छ । आश्वासन बाँड्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।

धनु : समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।

मकर : आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दुःख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । मान्यजनको सुझाबलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।

कुम्भ : दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

मीन : समय शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आज सकभर पूर्वतर्फको यात्रा नगर्नुहोला । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३३ बजेदेखि ०७ः५९ बजेसम्म अमृत बेला
बिहान ०७ः५९ बजेदेखि ९ः२५ बजेसम्म काल बेला
बिहान ९ः२५ बजेदेखि १०ः५१ बजेसम्म शुभ बेला
बिहान १०ः५१ बजेदेखि १२ः१७ बजेसम्म रोग बेला
मध्यान्ह १२ः१७ बजेदेखि १ः४२ बजेसम्म उद्धेग बेला
दिनमा १ः४२ बजेदेखि ३ः०८ बजेसम्म चर बेला
दिनमा ३ः०८ बजेदेखि ४ः३४ बजेसम्म लाभ बेला
दिनमा ४ः३४ बजेदेखि ६ः०० बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०० बजेदेखि ७ः३४ बजेसम्म काल बेला
साँझ ७ः३४ बजेदेखि ९ः०८ बजेसम्म शुभ बेला
राति ९ः०८ बजेदेखि १०ः४२ बजेसम्म रोग बेला
राति १०ः४२ बजेदेखि १२ः१६ बजेसम्म उद्धेग बेला
राति १२ः१६ बजेदेखि १ः५० बजेसम्म चर बेला
राति १ः५० बजेदेखि ३ः२४ बजेसम्म लाभ बेला
रातिमा ३ः२४ बजेदेखि ४ः५८ बजेसम्म अमृत बेला
बिहानमा ४ः५८ बजेदेखि ६ः३२ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button