स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजनिक बिदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा जारी विज्ञप्तिमा पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।
नगरप्रमुख स्तरीय निर्णयअनुसार सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
मगर समुदायको सम्मानका लागि यसअघि पनि बिदा दिइँदै आएको थियो ।
यस अवसरमा स्याङ्जाको हरिनास गाउँपालिकाले पनि मगर दिवसमा सार्वजनिक बिदा दिएको छ ।