स्याङ्जाको वालिङ र हरिनासमा भोलि सार्वजनिक बिदा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजनिक बिदा दिइएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा जारी विज्ञप्तिमा पालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने उल्लेख छ ।

नगरप्रमुख स्तरीय निर्णयअनुसार सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

मगर समुदायको सम्मानका लागि यसअघि पनि बिदा दिइँदै आएको थियो ।

यस अवसरमा स्याङ्जाको हरिनास गाउँपालिकाले पनि मगर दिवसमा सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button