तनहुँमा चुरोटको ठुटोबाट सल्किएको आगोले घर सखाप

  • पोखरा न्यूज
  • २०८० फागुन १४
तनहुँमा चुरोटको ठुटोबाट सल्किएको आगोले घर सखाप

तनहुँ । तनहुँमा भानु नगरपालिका वडा नं १३ पोखरीछापमा एक घर जलेर पूर्णरुपमा क्षति भएको छ ।

समजूर चिलनेखर्क निवासी ५० वर्षीया सुकुली मियाँको घरमा आगलाली हुँदा घर जलेर पूर्णरूपमा क्षति भएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सकुलीका छोराले चुरोट तानेर बाँकी रहेको ठुटो ओछ्यानमै छाडेकाले र त्यसैको आगो फैलिएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सकुलीका छोराको मानसिक सन्तुलन बिग्रिएको पाइएको प्रहरीको भनाइ छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस