काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर १ हजार ९ सय ९२ दशमलव ३० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १४ अङ्कले उकालो लागेर ३ सय ५५ दशमलव ९७ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ ।
विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर रु २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९ करोड ७१ लाख ८० हजार २ सय २९ मूल्य बराबरको शेयर कारोबार भयो ।
हिमालयन रिइन्स्योरेन्स रु सात करोड ७५ लाख ३ हजार ८ सय २२, शिवम् मिसेन्ट रु ६ करोड ६७ लाख ६७ हजार ५ सय २८, गुर्खाज फाइनान्स रु ६ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स रु ६ करोड १८ लाख ७ हजार ९ सय १८ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुवित्त ८ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी ७ दशमलव ६५, सोनापुर मिनरल्स ७ दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतले कमाएका छन् ।
यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू ८ दशमलव ७७, किसान लघुवित्त ५ दशमलव ५६, गुर्खाज फाइनान्स ५ दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतले गुमाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution