ग्यास सिलिन्डर विस्फोट हुँदा १ जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८० फागुन १४
ग्यास सिलिन्डर विस्फोट हुँदा १ जनाको मृत्यु

बारा । बारा जिल्लाको निजगढ नगरपालिका-७ मा सोमबार ग्यास सिलिन्डर विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

निजगढ बजारमा सञ्चालनमा रहेको रेशम मगरको वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा दिउँसो करिब १२ बजे ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

घटनामा ६ जना घाइते भएकोमा ४५ वर्षीय रेशम मगरको पर्साको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

सो अस्पतालमा वीरगन्ज महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान र २० वर्षीया रितु रजतका साथै भारत घर भएका ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन साहको उपचार भइरहेको छ ।

घटनामा घाइते ४५ वर्षीय सूर्यबहादुर थापाको बाराकै सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस