चर्चित गजल गायक पंकज उधास रहेनन्

मुम्बई । चर्चित गजल गायक पंकज उधासको आज निधन भएको छ ।

उनको ७२ वर्षको उमेरमा निधन भएकाे उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो ।

उनी आफ्ना ३ भाइहरूमध्ये कान्छो थिए ।

उनका दुवै दाजु मनहर र निर्जल उधास संगीत क्षेत्रका चर्चित नाम हुन् ।

पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका २ छोरी नायब र रेवा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button