आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

  • पोखरा न्यूज
  • २०८० फागुन १५
आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

पाेखरा । विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ । थुप्रै गैरसरकारी संस्थाहरुले समाज उत्थानका लागि दिएका योगदानलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र संघले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ ।

आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर सरकारी संस्थाले समाजमा पुर्याएको योगदान र अन्य गतिविधिको महत्वलाई विश्वसामु प्रष्ट पार्ने प्रयास गर्दछ ।

त्यसबाहेक आजको दिन ति सबै स्वयंसेवक, सदस्य र समर्थकहरुलाई उनीहरुले समाजमा पुर्याएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो ।

यस्ता थुप्रै व्यक्तिहरु छन् जसले कुनै न कुनै रुपमा यस्ता गैर सरकारी संस्थाहरूका कार्य र परियोजनाहरुलाई सफल पार्न आफूलाई समर्पित गरेका छन्।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस