आज मगर एकता दिवस मनाइँदै, केही पालिकामा सार्वजनिक बिदा

पोखरा । मगर समुदायले आज ४२ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक बिदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

स्थापना दिवस परम्परागत भेषभूषासहितको र्‍याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने नेपाल मगर संघका सचिव हेमन्त बुढाथोकीले बताए ।

मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ । तर केही पालिकाहरुले भने फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button