तनहुँ सम्पर्क समाजको २२ औँ स्थापना दिवस

पोखरा । तनहुँ सम्पर्क समाज पोखराले २२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा समाजले युआरएल र मनिपाल शिक्षण अस्पतालको सहयोगमा रक्तपरीक्षण तथा फोक्सोसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना ग¥यो ।

समाजका सदस्यहरूले युआरएलका प्रतिनिधिसँंग रगत तथा मनिपालका छातीरोग विशेषज्ञ डा. सिपी आचार्यसँंग फोक्सो परीक्षण गराए ।

सो अवसरमा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले समाजले सदस्यलाई मातृभूमिप्रति जिम्मेवार बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक कार्यमा निरन्तर लाग्ने प्रेरणा सबैमा जगाउनुपर्नेमा जोड दिए ।

मन्त्री आलेले भने, ‘जनमानसमा आफ्ना हरेक चाहना पूरा भएन भन्ने भास्य खडा गर्ने नकारात्मक सोंचप्रति समाज अगाडि बढेको छ ।’

उनले जनतालाई आफ्नो जिम्मेवारी पनि पूरा गराउन र निराशावादलाई आशामुखी बनाउन सबैको दायित्व रहने बताए । समाजमा राजनीतिक तथा सामाजिक संस्कार विकास नगरी विकास नहुने उनले स्पष्ट पारे ।

प्रदेश नीति तथा योजना आयोग सदस्य डा. सुवास अधिकारीले जनचासोलाई संबोधन गरी नतिजामुखी कार्यक्रममा समाजले समन्वय गर्न आवश्यक रहेको बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख नायव प्रहरी महानिरीक्षक (डिआइजी) विकासराज खनालले समाजमा अपराधिक मानसिकता बढ्दै गएको बताए । उनले विकृति र विसंगतिलाई बढवा दिई समाजमा विखण्डन ल्याउने गतिविधिलाई निर्मूल पार्न सबैको दायित्व भएको स्पष्ट पारे ।

पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सका डिन सहप्राध्यापक डा. अमर नागीलाले मातृत्व र भातृत्वको महत्वलाई बुझाउन समाज सदैव अग्रसर रहनुपर्ने बताए ।

कार्यक्रममा मातृभूमि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिप्रसाद खनाल, समाजका सल्लाहकार मुरलीमोहन काफ्ले, डा. श्रीकान्त शर्मा खतिवडालगायतले बालेका थिए ।

समाज अध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव यामबहादुर सुर्खालीले गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button