पोखरा-१६ स्थित अल्फा बोर्डिङ स्कुलको ३५ औं वार्षिकोत्सव

पोखरा । अल्फा बोर्डिङ स्कुल पोखरा-१६ लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास समवन्य इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले व्यावहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डो¥याउने बताए ।

वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले विद्यालयले विद्यार्थीका लागि व्यावहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दाबी गरे ।

कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकबाट विद्यालयमा दुई दशकदेखि कार्यरत शिक्षक सरिता गुरुङलाई नगदसहित सम्मान र एसइई टपर प्रवेश बुढामगर, उत्कृष्ट विद्यार्थी सुनिला थापा, भूपू विद्यार्थी डा. किरण आचार्य, एमबिबिएसमा नाम निकाल्न सफल विनय आचार्यलाई सम्मान गरेको छ । खेलकुद तथा शैक्षिकतर्फ २ सय ६० जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नवआर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारी, पूर्व अध्यक्ष नविन भण्डारी, व्यवस्थापन समितिका सदस्य चित्र राना, प्राचार्य भण्डारी, विद्यालयका कार्यकारी निर्देशक दीपक गुरुङ, संस्थापक सदस्य सफल बम्जन, लगायत उपस्थित थिए ।

विद्यालयमा कक्षा बाल विकासबाट १० सम्म करिब ६ सय विद्याथी अध्ययनरत र पूर्ण तथा आंशिक गरी ५० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button