हेमजामा मादल बजाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ स्थित महिला सञ्जालको आयोजना तथा वडा कार्यालयको सहयोगमा १० दिने मादल बजाउने तालिम सुरु भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा-२५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले मादलले गाउँ घर बिउँझाउने उनले मादल जनुसुकै बाजा र कार्यमा पनि आवश्यक पर्ने भन्दै व्यवहारमै उतार्ने गरी सिक्न आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडासदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा-२५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-२५ का अध्यक्ष दानबहादुर भुजेल र महिला सञ्जालका निवर्तमान अध्यक्ष रमा त्रिपाठी लगायतले बोलेका थिए ।

तालिममा सहभागीलाई सम्मर बहादुर गायकले प्रशिक्षक दिएका छन् ।

महिला सञ्जाल अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रीता त्रिपाठीले स्वागत रसचिव उमा भुर्तेल पौडेलले सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button