सवारी दुर्घटनामा २ युवकको मृत्यु

रौतहट । सर्लाहीमा गएराति सवारी दुर्घटना हुँदा २ युवकको ज्यान गएको छ ।

कौडेना गाउँपालिका वडा नं. ३ मा भारतीय एचआर ५९ए०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रौतहट माधवनारायण नगरपालिका वडा नं. ६ का २३ वर्षीय शियानन्दन महतो र १९ वर्षीय अजय महतो रहेका छन् ।

सर्लाही प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरार छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button