पोखरा विश्वविद्यालय शिक्षण अस्पताल अनुगमन

पोखरा । स्वास्थ्य निर्देशनायलय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलेको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको टोलीले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन गरेको छ ।

टोलीले अस्पताल व्यवस्थापन, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरंग, अन्तरंग, आकस्मिक र शल्यचिकित्सा एवं सघन उपचार कक्षसम्बन्धी मापदण्डका बारेमा अध्ययन तथा निरीक्षण गरेको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साथै जनशक्ति तथा विशेषज्ञसम्बन्धी व्यवस्था, फोहोर व्यवस्थापन, प्रयोगशाला, फार्मेसीसम्बन्धी व्यवस्थापन लगायत औजार तथा उपकरणका बारेमासमेत टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीलाई पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिला र शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार यादवले अस्पतालबाट प्रवाहित सेवा, सुविधा र वर्तमान अवस्थाबारे जानकारी गराए ।

अस्पतालले ०७९ भदौ २२ बाट बहिरंग सेवा सञ्चालन गर्दै आएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘स्वास्थ्य सेवा सञ्चालन मापदण्ड-२०७७’ बमोजिम आधारभूत मापदण्ड पूरा गरी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । अस्पताललाई हाल १ सय शय्यामा सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको कार्यकारी निर्देशक यादवले बताए ।

अनुगमन टोलीमा स्वास्थ्य निर्देशनालय गण्डकीकी अञ्जु पौडेल, डा. रोशन ढकाल, दीवाकर शर्मा तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल रहेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button