नेपाल नामिबियासँग २० रनले पराजित

पोखरा । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

जितका लागि नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा १ सय ८६ रनमा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हाने । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले १/१ विकेट लिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button