पोखरालाई शिक्षाको हब बनाउने प्रयासमा छौँ : उपप्रमुख गुुरुङ

पोखरा । पोखरा-२१ स्थित भविष्य निर्माण माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा अक्षयकोष स्वर्ण वर्ष कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई शिक्षाको हब बनाउने अभियानमा लागेको बताइन् ।

उनले बोलेर मात्रै शिक्षाको हब बन्न नसक्ने दावी गरिन् । तीनै तहका सरकारबीच समन्वय र सहकार्यसंँगै त्यही अनुसारको शिक्षा नीति, योजना र कार्यक्रम बनाउनुपर्ने उनले जोड दिइन् ।

गुरुङले महानगरले बनाउने नीतिले शिक्षा क्षेत्रलाई सहज बनाउँदै शैक्षिक वातावरण निर्माणका लागि भूमिका खेल्नुपर्ने बताइन् ।

समुुन्नत पोखरा बनाउन शिक्षा, स्वास्थ्य र रोजगारी आवश्यक रहेको उनको भनाइ थियो । उपप्रमुख गुरुङले समुन्नत र समृद्ध महानगर बनाउन शिक्षाको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले बालबालिकाले प्राप्त गरेको शिक्षाले जीवन परिर्वतन हुनुपर्नेमा त्यसको ठीक उल्टो अवस्था रहेको जिकिर गरिन् ।

उच्च शिक्षाका लागि विश्वविद्यालय जानुुपर्ने विद्यार्थी विदेश जान विमानस्थलमा लर्को लाग्ने गरेका दृश्य दु:खद् रहेको भन्दै उनले अहिलेको शिक्षा प्रणालीका विषयमा सोच्नुपर्ने अवस्था आएको बताइन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलकुुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोष संकलन समितिका संयोजक झपिन्द्रराज रेग्मी, पोखरा-२१ का कार्यवाहक वडाध्यक्ष विमला केसी, वडासदस्य झपट रानाभाट, निर्वतमान वडाध्यक्ष खगराज आचार्य, जिल्ला समन्वय समिति सदस्य सीता विश्वकर्मा, राजेन्द्रबहादुर थापा, नारायण दाहाल, विद्यालयका प्रधानाध्यापक प्रकाश शर्मा रेग्मी लगायतले बोलेका थिए ।

सो अवसरमा शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यालयको शैक्षिक गुुणस्तर सुधारका लागि ५० भन्दा बढी दाताले अध्यक्षकोष स्थापना गरेका छन् ।

विद्यालयले यस वर्षलाई अक्षयकोष स्वर्ण वर्षका रुपमा लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

अध्यक्षकोष संकलनका लागि झपिन्द्रराज रेग्मीको संयोजकत्वमा गठित समितिले शनिबारसम्म ३६ लाख रुपैयाँ संकलन गरेको छ ।

कार्यक्रममा पोखरा महानगरकी उपप्रमुख गुरुङले अक्षयकोषका लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button