रवीन्द्रको स्मृति दिवस : शालिकमा माल्यार्पण, स्मृति सभा र दीप प्रज्ज्वलन

पोखरा । पोखरामा रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसमा रवीन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङको शहीद पार्कस्थित अधिकारीको शालिकमा माल्यार्पण गरिएको छ ।

सो अवसरमा सहभागी गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्रको सम्झना गरे । उनले रवीन्द्रले सधैं निष्ठाको राजनीति गरेको भन्दै राजनीतिमा उहाँको अभाव सधैँ खड्किरहने बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रवीन्द्र बहुआयामिक व्यक्तित्व भएको उनले स्मरण गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रवीन्द्रको अतुलनीय भूमिका रहेको बताए ।

प्रतिष्ठानकी अध्यक्ष एवं संघीय सांसद विद्या भट्टराई लगायत नेताहरुले शालिकमा माल्यार्पण गर्दै रवीन्द्रको सम्झना गरेकी थिइन् ।

आजै पोखरा-३३ भरतपोखरीको गैरीगाउँमा स्मृतिसभासमेत भएको थियो । प्रतिष्ठान अध्यक्ष भट्टराईका अनुसार आज साँझ ६ बजे पोखरा-५ मालेपाटनस्थित रवीन्द्र स्मृति बाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङको पाथीभरा पुगेका मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

तत्कालीन मन्त्री अधिकारी कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका थिए । अधिकारीले वि.सं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गरेसँगै विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए ।

वि.सं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित भएका थिए ।

उनले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

साथै अधिकारी ०६२/६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा पटकपटक गरी ५ महिना जेल बसेका छन्।

०६४ सालमा निर्वाचित भएपछि सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेन्सी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button