|फाइल तस्बिर
पोखरा । नेपाल महिला फुटबल टोली वाफ च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ ।
मंगलबार राति भएको दोस्रो सेमिफाइनल प्रतिस्पर्धामा नेपालले बलियो प्रतिस्पर्धी लेवनोनलाई २-१ को पाखा लगाउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालले उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ । फाइनल खेल बिहीबार हुनेछ ।
मंगलबार राति भएको दोस्रो सेमिफाइनल खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गर्दै लेवानोनले अग्रता लिएको थियो ।
डिफेण्डर पूजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।
इन्जुरी समय अघि नेपालले १ गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।
निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी समयको अन्तिममा नेपालले कर्नर पाएको थियो ।
कर्नर बल लेवानोनका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सिधै गोलमा परिणत भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution